Logo
२६ मङि्सर २०७६, बिहिबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषादी समेत खाद्य गुणस्तर जाँच्न नेपाल-भारत सीमा नाकामा १२ प्रयोगशाला

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा गुण नियन्त्रण विभागले भारततर्फका नौ र चीनतर्फका दुई नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगशाला स्थापना गर्न लागेकोे हो।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अहिलेसम्म भारत र चीनसँग जोडिएका नाकामध्ये ११ स्थानमा गुणस्तर जाँचको लागि प्रयोगशाला खोलिने जानकारी दिए। प्रस्तावित प्रयोगशाला आधुनिक प्रविधिले सुसज्जित र सुविधा सम्पन्न हुने हुनाले खाद्य वस्तुको गुणस्तर मापदण्ड अनुरुप चेकजाँच गर्न सक्षम हुने महर्जनले बताए।

‘तील्याब आयात–निर्यातको प्राविधिक चेकजाँच गर्न सक्षमहुने गरी योजना बनाइएको छ, जसमा आवश्यक प्राविधिकको दरबन्दी समेत थप गरिँदैछ,’महर्जनले भने, ‘आवश्यक परेको बेला क्षेत्रीय कार्यालयमा भएका ६ र केन्द्रीय कार्यालयको ल्याबाट पनि चेकजाँच गर्न सकिन्छ।’

केही महिनाअघि भारतबाट आयातित अधिकांश तरकारी तथा फलफूल गुणस्तरहीन र विषादीयुक्त भएको भन्दै चर्को आलोचना भएको थियो।

सरकारले सीमा नाकामा चेक जाँचको लागि प्राविधिक र प्रयोगशाला नभएको बताएपछि झनै आलोचना भएको थियो। अहिले तरकारी, फलफूल लगायत अन्य खाद्य वस्तु केन्द्रीय कृषि प्रयोगशाला माताहतका सात विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामार्फत सामान्य चेकजाँच गरी भित्र्याउने गरिएको छ।

विभाग र माताहतका कार्यालयमार्फत अहिले पनि गुणस्तर चेकजाँचमा कुनै कन्जुस्याइँ नगरी सेवा दिइरहेको प्रवक्ता महर्जनले दाबी गरे। ‘पहिले गुणस्तर अनुगमनका लागि केन्द्रीय र क्षेत्रीय कार्यालयको भर पर्नुपर्ने अवस्था थियो, अहिले देशभर २४ ठाउँमा डिभिजन कार्यालय छन्,’ उनले भने, ‘जसले खाद्यवस्तुहरु गुणस्तर अनुरुप भए, नभएको अनुगमन गर्दै आएका छन्।’

विभागले गुणस्तर निर्धारण भएका एक सय २१ खाद्य विशिष्ट र अन्यखाद्य वस्तुको हकमा समग्रमा लागहुने गरी गुणस्तर तोकेको छ। महर्जनले उपभोक्ता स्तरबाटै गुणस्तरको सवालमा सचेत बनेको कारण अनुगमनको प्रभावकारिता बढ्दै गएको बताए। उनले अनुगमन गर्दा पहिलो प्राथमिकता उपभोक्ताको गुनासोलाई दिइने र जोखिमको अवस्था मूल्यांकन गर्दै अनुगमन गरिरहेको बताए।

‘विगतवर्षमा समस्या देखिएका खाद्यवस्तु, शंकास्पद वस्तु र नयाँ वस्तुको हकमा अनुगमन बढी हुन्छ,’ उनले भने, ‘धेरैजसो उपभोक्ताले मूल्यको विषयमा पनि विभागको सहयोग मागेको पाइएको छ, जुनहाम्रो कार्य क्षेत्रमा पर्दैन।’उनले अनुगमनलाई तीव्रता दिएसँगै गुणस्तरमा समेत सुधार आएको पाइएको बताए।

‘हाम्रो अनुगमनको शैली फरक छ, किनकि हामी अनुमान गर्दा अति संकास्पद वस्तुमा केन्द्रित हुन्छौं। तर पनि १० देखि १५ प्रतिशतमा मात्र कमजोरी भेटिन्छ,’ महर्जनले भने, ‘गतवर्ष संकलन गरिएका चार हजार आठ सय १३ नमूनामा एक सय २७मात्र मापदण्ड विपरीत पाइएको थियो।’ त्यसमा पनि सबैभन्दा बढी पानी कानमूना मापदण्ड विपरीत भेटिएका थिए।

त्यस्तै, तेल-घिउ २५, दूध तथा दुग्धजन्य पदार्थ २३, खाद्यान्न र दलहन सात, फलफूल तथा सागपात सात, दाना जन्यपदार्थ सात र बाँकी अन्य खाद्यपदार्थ छन्। विभागले खाद्य वस्तुसँगै होटल तथा रेस्टुरेन्टको स्तरीकरणमा समेत प्राथमिकता दिएको महर्जनले बताए।

गएको आर्थिक वर्षमा विभागबाट अनुगमन गरिएका सात सय २२ होटलमध्ये जम्मा १५ (दुई प्रतिशत) ले मात्र अतिउत्तम स्टिकर पाएका थिए। ९० (१३प्रतिशत) होटलले उत्तम, दुई सय ७६ (३८ प्रतिशत)ले सन्तोषजनक र तीन सय ४१ (४७प्रतिशत)ले सामान्य स्टिकर पाए। महर्जनले गुणस्तरमा शंका लागेका विषयमा विभाग र मातहतका कार्यालयमा सम्पर्क राख्न आग्रह गरे।

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार ११:३०

प्रतिक्रिया दिनुहोस्