Logo
७ बैशाख २०८१, शुक्रबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नैमिषारण्य संस्कृत गुरुकुललाई Lochan Astrology द्वारा कम्बल बितरण

गुरुकुल शिक्षा प्रणालीमार्फत वैदिक सनातन धर्म तथा संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा अनुकरणीय योगदान पुर्यारहेको काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-गोसाइँथानमा स्थित नैमिषारण्य संस्कृत गुरुकुलका बिद्यार्थी यहि बर्ष देखि SEE परिक्षामा सामेल हुदै छ।

स्थापनाको ४ बर्षमा नै बिधालयले यो प्रगति हासिल गरेको हो । भौतिक पुर्बाधार र आवासीय ब्यवस्थापन अलि कम्जोर देखिएको यो गुरुकुलमा Lochan Astrology & Vaastu Service का डा. उत्तम उपाध्याय न्यौपाने लगायतका समुहले बटुकहरुलाई जाडोकोलागि कम्बल उपलब्ध गराएका छन् ।

सहयोग बाट संचालित गुरुकुल लाई अझ सहयोग गर्न श्रद्धेय वेदान्ताचार्य गुरु दिव्यमणि अधिकारीले आम जनसमुदाय लाई अपिल गर्नु भयो।

हाल ४५ जना बटुकहरु रहेको गुरुकुललाई भविस्यमा बिश्व बिधालयको रुपमा लैजाले योजना भएको गुरुकुलका सचीवले बताउनु भयो।महेश संस्कृत गुरुकुल, देवघाट, तनहुँको सम्बन्धनमा सञ्चालन भएको गुरुकुल विद्यालय सञ्चालन गरेर त्यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने लक्ष्य लिएको छ।

गोसाइँथानको धार्मिक महत्त्व र गुरुकुल बाट देखिने मनमोहक हिमाली दृश्यले त्यस ठाउँमा पर्यटनका लागि प्रचुर सम्भावना देखिन्छ ।

 

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्