Logo
६ चैत्र २०८०, मंगलबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद हुँदा कहिल्यै पनि भिआइपी कक्ष प्रयोग गरिन : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गर्दैमा कसैको स्तर ठूलो नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा उनले सानो चित्त भएर भिआइपी कक्ष प्रयोगमा विवाद आइरहको बताए ।

मन्त्री भट्टराईले मापदण्ड रहेपनि आफू सांसद हुँ, मन्त्री हुँ, दलको नेता हुँ भन्दै कर्मचारी र प्रहरीलाई हेप्ने गरिएकोमा उनले आपत्ति जनाए ।

‘कसलाई भिआइपी प्रयोग गर्न दिने कसलाई नदिने । एउटा मन्त्री, सांसदसँग कतिजना भिआइपी कक्ष जान सक्छन् । त्यो सबै मापदण्ड हामीले बनाएका छौं,’ मन्त्री भट्टराईले भने ।

‘म मन्त्री भएपछि मात्र भिआइपी प्रयोग गरेको छु । आन्तरिकमा प्रयोग गरेँ, तर त्यो भन्दा अगाडि सांसद हुँदा कहिल्यै पनि भिआइपीबाट गइनँ’, उनले भने ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्