Logo
१२ बैशाख २०८१, बुधबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा

निजामती कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा गरिने भएको छ ।

कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बुधबार सहमति जुटाएको हो ।

कर्मचारी सरुवामा हालसम्म चक्रीय प्रणाली लागू भएको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा व्यवस्था गर्न लागिएको हो ।

क्र्मचारीहरुलाई मेरो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताए ।

समितिले सहमति जुटाएको विधेयकको दफा २२ मा ‘निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिनेछ ।

यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिने भनिएको छ ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्