Logo
११ बैशाख २०८१, मंगलबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीय त्रसित, एक हप्तामा २ जनाको मृत्यु

बुटवल : बाँकेमा एक हप्ता बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीयहरु त्रसित बनेका छन् ।

जिल्लाको राप्ती-सोनारी-८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट मृत्यु भएको छ ।

यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।

यी घटनापछि बाघलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्