Logo
१५ चैत्र २०८०, बिहीबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

CG उधोगको दादागिरी : मजदुरलाई भात खान जान सनेतमा रोक

प्रदेश १ स्थित सुनसरीको गढि गाउँपालिका २ स्थित औराबनिमा सन्चालनमा रहेको सिजि चौधरि ग्रुप उधोगका मजदुर मङ्गलबार देखि आन्दोलित भएका छन ।

उधोग प्रसाशनले लन्चको टाईंममा खाना खान बाहिर जान रोक लगाएपछि मजदुरहरु आन्दोलित भएको हुन । सो उधोगका मजदुर दिपनारायण यादबका अनुसार अरु बेला उधोगले हामीलाई लन्च को बेला खाना खानको लागि गेट बाहिर जान दिएपनि आज अचानक कुनै सुचनानै नदिकन भात खान गेट बाहिर जानरोक लगाएको र १२ घन्टा उधोगले काममा लगाउँदा समेत आफुहरु लाई बाहिर भात खान रोक लगाई आफुहरुको अधिकार खोसेर बन्दि बनाएको यादवले आक्रोस पोखे ।

सोहि उधोगमा काम गर्ने अर्का मजदुर कृष्ण कुमार चौधरिका अनुसार भातैखान जान रोक लगाएपछि उधोगका जिएम किशोर साह सङ्ग कुरा गर्न जादा अपसब्द बोलि हामिलाई भर्र्ने मकोहु चिन्दैनस डर लाग्दैन म गुन्डा को बोश हु खरक्क मैले भनेको मानि हाल भनेर धाक धम्कि दिइ मज्दुर साथीहरू लाई आतङकित बनाएको उन्को आरोप छ ।

उनका अनुसार नेपाल कानूनी राज्य भएपनि आफुहरुलाई श्रम ऐनले दिएको अधिकार उधोग प्रसाशनले नमाने को कारण उधोगले कानुन नमानि आफुखुशि गरेको हुनाले न्यायको लागि सबै सरोकारवाला सङ्ग अपिल समेत गरेका छन ।

सो घटना बारे सामाचार संङकल गर्न पुगेका पत्रकारहरु लाई उधोग प्रसाशनले सामाचार सङकन गर्न बाट अबरुद्ध गरि मजदुरले आन्दोलन गरिरहेको ठाउँ उधोग हाता भित्र जान रोक लगाएको थियो ।

सो घटनाको बिषयमा उधोग प्रसाशन प्रमुख शयाम पोखरेल सङ्ग बुझ्दा यो आफ्नो आन्तरिक समस्या हो भन्दै केहि बोल्न चाहेनन । सो उधोगले पटक–पटक अटेर गरेको कारण गढि गाउँपालिका समेत रुष्ट देखिन्छ ।

केहि महिना अगाडि मापदण्ड नपुगेको र गाउँ पालिका सङ्ग अनुमति नललिकन आफ्नो मनोमानि तरिकाले उधोग सन्चालन गरेको भन्दै गाउँ पालिकाले परिपत्र समेत गर्दा पनि अटेर गरेकोमा गाउँ पालिकाको असन्तुष्टि देखिएको थियो।

श्रम कानुन अनुसार कुनैपनि मजदुर लाई आठ घन्टा मात्र काममा लगाउन पाईन्छ । जोर ज्बरजस्ती काममा लगाउन पाईदैन । आठ घन्टा भन्दा बढि कुनै मज्दुर लाई काममा राख्दा उस्को मन्जुरी बिना काममा लगाउन नपाईने प्रष्टै श्रम कानुनमा उलेख छ ।

हाल सो उधोगमा दुईसय मजदुर कार्यरत रकेको छ । सोहि उधोगमा महिला श्रमिकहरु लाई श्रम ऐनबाट पाएको सुविधा शिशु स्यहार केन्द्र , मजदुरको बिश्राम कक्ष, प्राथमिक उपचार केन्द्र जस्ता कुनै प्रकारका मजदुरहरुले पाउने सेवा सुबिधा सो उधोगमा न दिएको मजदुरहरुको आरोप छ ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्