Logo
१३ बैशाख २०८१, बिहीबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नागरिकद्वारा रौतहटको प्रहरी कार्यालयमा बम प्रहार

रौतहट : भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी चौकीलाई लक्षित गरी सुतली बम प्रहार गरेका थिए ।

प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् ।

बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले घटनाको पुष्टी गर्दै विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्