Logo
१३ बैशाख २०८१, बिहीबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको सहयोगमा अस्पताल भवन शिलान्यास

प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ ।

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ ।

अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले रकमकै कारणले भवन बनाउन ढिला नहुने बताए । उनले स्थानीय सरकारले दिएको प्रतिवेदनका आधारमा शुरु गरिएको यो काम हामीले नै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्रका जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारको पहलमा अस्पताल बनाउन लागिएकोे बताए ।

६ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको काम अगाडि बढाइसकिएको र चिकित्सकको समेत नियुक्ति भइसकेको गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले बताए ।

 

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्