Logo
१३ बैशाख २०८१, बिहीबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियामा तीन दिनयता फैलिरहेको भीषण आगलागीको हुनसकेन नियन्त्रण

अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ ।

यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास छ । अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले चेतावनी दिएका छन् ।

अति संवेदनशील क्षेत्रका बासिन्दालाई झाडीयुक्त स्थानमा नबस्न र आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न सरकारले आग्रह गरेको छ । उक्त राज्यका ६ सय विद्यालय बन्द गरिएका छन् । आगलागीका कारण न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा सात दिने सङ्कटकालको घोषणा गरिएको छ ।

न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा गत शुक्रबारदेखि फैलिएको आगोका कारण तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा घरहरुमा क्षति पुगेको छ ।

विशेषज्ञले यो आगलागीलाई भिक्टोरियाको सन् २००९ को ‘ब्ल्याक स्याटरडे बुसफायर’ सँग दाँजिरहेका छन् जसमा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री स्कट मोरिसनले सरकारले आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्