Logo
१२ बैशाख २०८१, बुधबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो ।
नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो ।

जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्