Logo
१५ चैत्र २०८०, बिहीबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाको सुनसरी खोलामा ‘गंगा आरती’

प्रदेश १ स्थित सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गर्न लागिएको छ ।

सनातन कुटुम्ब इनरुवाको पहल तथा इनरुवा नगरपालिकाको सहयोगमा भोलि अर्थात कात्तिक २६ गते साँझ आरती सहितको दीपोत्सव कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमका बारेमा खोला किनारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

सुनसरी खोलमा आयोजना गर्न लागिएको आरतीलाई ‘गंगा आरती’को रुपमा लिइएको छ ।

नगर प्रमुख राजन मेहताको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका किशोरकुमार कोइरालाले सुनसरी खोलाको महिमा र महत्वका बारेमा जानकारी गराएका थिए ।

नमामि सुनसरी नाम दिई आयोजना गर्न लागिएको आरती र दीपोत्सवलाई सुनसरी खोलाको प्राकृतिक सौन्दर्यता जोगाउँदै स्वच्छ र हराभरा बनाउने अभियानसँग जोडेर अघि बढाउन लागिएको छ ।

जिल्लाको नामाङकन सुनसरी खोलाकै नामबाट रहनुका साथै प्राचिनकालिन महत्व बोकेको सुनसरी खोलालाई जीवन्त र हराभरा बनाउने अभियानको सुरुवात नमामि सुरसरिबाट थालनी गर्न लागिएको नगर प्रमुख राजन मेहताले बताए ।

उनले अभियानमा सहयोग पु¥याउनुकासाथै कार्यक्रममा सहभागिताकालागि सबैमा अनुरोध समेत गरेका छन्।कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलि कात्तिक २६ गते मंगलवार दिउँसो ३ बजेबाट सुरु हुने धार्मिक कार्यक्रमसँगै साँझको आरती सहितको दीपोत्सवमा सहभागिताकालागि जिल्लावासीमा इनरुवा नगरपालिकाको कार्यालयले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्