Logo
११ बैशाख २०८१, मंगलबार
(November 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनशनरत डा‌. केसीको समर्थनमा सरकारी सवारीसाधन ठप्प

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।

बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाई थियो। यस्तै उक्त सङ्घको नेतृत्वमा आइतबार दिउँसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ।

डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा‍‌ केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन्।

प्रकाशित मिति: Nov 10, 2019

प्रतिक्रिया दिनुहोस्