Logo
८ बैशाख २०८१, शनिबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वातावरण प्रदूषण फैलाउने अस्पताल र उद्योग प्रतिष्ठान कारबाहीमा

देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।

रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् ।

सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए ।

कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन् ।

अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पु¥याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताए । गोरखापत्र दैनिकबाट साभार ।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्