Logo
१२ बैशाख २०८१, बुधबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावासको मुख्य गेटमै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

कुटनैतिक मर्यादा बिपरित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले  लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू-भागमा समेटेपछि आक्रोसित विद्यार्थीले निशेधित क्षेत्र तोडेर गेटअगाडि पुत्लादहन गरेका हुन् ।

नेविसंघ अस्कल क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पुत्ला दहन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।

सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।  झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्