Logo
८ बैशाख २०८१, शनिबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचामा साना किसान कृषि सहकारीको २१ औं वार्षिक साघारण सभा

प्रदेश १ स्थित मोरङको सुन्दरहरैचा ११ मा रहेको साना किसान कृषि सहकारी सस्थाले आफ्नो २१ औ बार्सिक साधारण सभा सप्पन्न गरेको छ ।

कार्तिक २१ गते संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बिशनलाल चौधरीको अध्यक्षता मा भएको थियो भने प्रमुख अतिथीमा प्रदेश नं १ ३ क का प्रदेश साम्सद राज कुमार ओझा रहनु भएको थियो।

यस्तै विशिष्ट अतिथी मा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष तथा १ नं प्रदेश सम्योजक खगेन्द्रराज भन्डारी रहनु भएको थियो ।यस्तै अर्का विशिष्ट अतिथी मा साना किसान बिकास बैंक इटहरी का प्रबन्धक दिपक राज पान्डे को उपस्थित रहेको थियो।

यस्तै अतिथीहरुमा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ ,साना किसान कृषि सहकारी सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचर्य , साना किसान कृषि सहकारी दुलारी का अध्यक्ष नारायण श्रेष्ठ , सुन्दरहरैचा वाड न २ का वडा अध्यक्ष डोरिलाल चौधरी ,यस्तै वाड न ८ का वाड अध्यक्ष खेम प्र न्यौपाने ,सस्थापक -उपाध्यक्ष कमला बस्नेत, मितेरी डेभलपमेन्ट बैंक गोठगाउ का प्रतिनिघी देवराज काफ्ले , मनोज ढुंगाना लगायत बुदिजिब समाजसेवी को उपस्थिति रहेको थियो।

सस्था को लेखा सामिती को प्रतिबेदन लेखा समिती सम्योजक चन्द्रमणी भट्टराई ले प्रस्तुत गर्नु भएको थियो। सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत सस्था का प्रबन्धक अर्थलाल भगत ले गर्नु भएको थियो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी प्रदेश साम्सद राजकुमार ओझा ले प्रदेश सभा को कृषि बजेट मार्फत किसान लाई आवद्ध गरेर आवश्यकता अनुसार ऋण र अनुदान उपलब्ध गराउन आफू हर कदप लाग्ने बताउनु भयो साथै उहाँ ले सामुहिक चक्ला बन्दी खेतीमा किसान लाई अगाडी बड्न जोड दिनु भयो ।

कार्यक्रम मा बोल्दै विशिष्ट अतिथी खगेन्द्र राज भन्डारी ले कृषि मा किसान लाई लगानी गरि आत्मा निर्भर बन्न र स्थर उनती गर्न जोड दिनु भएको थियो विभिन्न किटनासन औसधि ले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पदन पनि कम हुदै गएकाले किसान चिन्तित बन्न लागेको हुदा कृषि मा तालिम लिएर माटो को उर्भरा शक्ति बढाएर कृषि मा आक्रसित भै आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भयो ।

कार्यक्रम को सन्चालन सस्था का सहायक प्रबन्धक खगेन्द्र बोहोरा ले गर्नु भएको थियो। आजै पुरोनो समिती विघटन गरि नयाँ समिती समेत गठन गरिएको थियो हरि बस्नेत को अध्यक्षता मा १३ सदस्यीय समिती गठन गरिएको थियो समिती को अध्यक्ष मा हरि बस्नेत उपाध्यक्ष मा माया बुढाथोकी सदस्यहरु मा बिसनलाल चौधरी , दिपा ओझा , खेम प्रसाद न्यौपाने , गहनु चौधरी , मोहनप्रसाद घिमिरे , मिनाकुमारी चौधरी , चुडामणिा निरौला , इस्वरवती माझि , सुनिता घिमिरे, डिल्ली राम पोडेल , जानुका अधिकारी चयन हुनु भएको थियो
सद्स्य सचिव मा भने अर्थलाल भगत चयन हुनु भएको थियो

साथै नबअध्यक्ष हरि बस्नेत ले यो सस्था कृषि मा आधारित भएका ले सद्स्य हरु लाई जिविकोपार्जन का रुपमा मात्रै होइन ब्यबसायिक र रोजगारमुखी मा लैजाने योजाना रहेको , कृषि पेसामा बिसादी लाई न्यूनीकरण गर्दै आर्गेनिक रुपमा उत्पादन गर्ने लक्ष्य का साथ नया समिती अगाडि बड्ने विभिन्न लघुबिधुत मा छरिएर रहेका आफ्ना सदस्यहरु लाई आवश्यक रुमा आर्थिक सहयोग र प्राबिधिक सहयोग गरि यहि सहकारी सग नै आवत रहने योजना का साथ अघि बड्ने बताउतै आफ्नो प्रतिबद्धता जाहेर गर्नु भयो।

संस्थाले सेयर सदस्य हरु का परिवार मध्धे बाट जेष्ठ नागरिक मा पुरुस तर्फ महेन्द्र खनाल र महिला तर्फ सुगावती हलुवाइ लाई दोसल्ला ओडाइ नगद सहित सम्मान गरेको थियो। यस्तै See मा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक र निजि बिध्यालय का गरि ५ जाना बिद्यार्थी लाई नगद सहिद पनि सम्मान गरेको थियो। यसै गरि उत्कृष्ट अन्तरसमूह सम्मान उत्कृष्ट समूह लाई कोदालो र सम्मान पत्र ले सम्मान गरेको थियो येस्तै अन्य थुप्रै बिधा हरु मा पनि सस्था ले आफ्ना सेयर सदस्य हरु लाई सम्मान गरेको थियो।

 

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्