Logo
७ बैशाख २०८१, शुक्रबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहले अब आफै शिक्षक नियुक्त गर्न सक्ने (यस्तो छ नयाँ शिक्षा नीति)

सर्वाधिक चासोको विषय बनेको शिक्षा नीति-२०७६ संघीय सरकारले स्वीकृत गरेको छ । गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको हो ।

यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अव आवाश्यक्ताअनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ ।  शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षा नीति स्वीकृत भएको जानकारी दिए ।

शिक्षा नीतिको १४ नम्बर बुँदामा विद्यालयहरुमा शिक्षक कमी हुने दीर्घकालीन समस्यालाई समाधान गर्न शिक्षक दरवन्दी पुनवितरण पनि शिक्षक नपुग भएमा प्रदेश सरकार तथा स्थानीय सरकारले आवश्यकताका आधारमा शिक्षक दरवन्दी मिलान गर्न सक्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

त्यस्तै नीतिमा शैक्षिक संस्थाको गुणस्तर प्रत्यायन र प्रमाणीकरण प्रणाली लागू गरी शैक्षिक संस्थाहरुको गुणस्तर कायम गरिने व्यवस्था राखिएको छ ।

सरकारको नयाँ शिक्षा नीति कार्यान्वयनका लागि तीनै तहका सरकारको जिम्मेवारी समेत किटान गरिएको छ । नयाँ शिक्षा नीतिमा सवै विद्यालयमा योग्य तथा सक्षम विषयगत शिक्षकको व्यवस्थापन गर्दै उनीहरुको उत्प्रेरणा, पेशागत नैतिकता र क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।

साथै शिक्षा नीतिमा प्राज्ञिक तथा पेशागत डिग्रीको एकीकरण गरिएको हालको शिक्षाशास्त्रका कार्यक्रमहरुको पुनरावलोकन गरी प्राज्ञिक डिग्री पूरा गरेपछिमात्र पेसागत डिग्री प्रदान गर्ने व्यवस्था लागू गरिने भएको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसका आधारमा शिक्षामन्त्री पोखरेलको नेतृत्वमा पूर्व शिक्षामन्त्रीहरु गंगालाल तुलाधर, धनीराम पौडेल, आयोगका सदस्यहरु प्राडा. मीन बहादुर विष्ट, रमेश सिलवाल र लक्ष्मण शर्मा रहेको समितिले नयाँ शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार गरेको थियो ।

उक्त मस्यौदा मन्त्रिपरिषद हुँदै मन्त्रिपरिषदले गृहमन्त्रीको नेतृत्वको सामाजिक समितिमा ४० दिनको छलफलपछि मन्त्रिपरिषदमा पठाइएको थियो । त्यसपछि उपप्रधानमनत्री ईश्वर पोखरेल नेतृत्वमा ६ जना मन्त्रीहरुको टोली बनाइ नीतिलाई अन्तिम रुप दिइएको हो ।

यस्तो छ नयाँ शिक्षा नीति : 

 

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्