Logo
१३ बैशाख २०८१, बिहीबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की २ बाट ५ हजार मतअन्तरले जित्ने कांग्रेस उम्मेदवार पौडेलको दाबी

पोखरा : कास्की २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफु ५ हजार मतअन्तरले जित्ने दाबी गरेका छन् ।

मंसिर १४ मा हुने उपचुनावका लागि बिहीबार उम्मेदवारी दर्तापछि पौडेलले सो कुरा बताएका हुन् ।

सोही क्रममा पौडेलले स्वर्गीय रवीन्द्र अधिकारीमाथि सरकारले अन्याय गरेको समेत टिप्पणी गरेका छन् । रवीन्द्रको हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पाका नेता पौडेललाई । पौडेलले अधिकारीलाई सम्झिएनन् मात्र, उनीमाथि अन्याय भएको बताए ।

उनले जनता लहैलहैमा नझुक्किने भन्दै उनले सरकार र पार्टीको गतिविधि हेरेर आफूलाई भोट दिने दाबी गरे ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्