Logo
११ बैशाख २०८१, मंगलबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई वर्षमा कर्णाली उज्यालो बनाउने मन्त्री पुनको प्रदिबद्धता

सल्यानः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई बर्षभित्रमा कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत् र्पुयाउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेकोे भन्दै अबको दुई वर्षपछि कर्णाली उज्यालो हुने दावि गरे ।
’कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन, उनले भने ।’

’विद्युतीकरणमा विगतका वर्षहरूमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो वातावरण सिर्जना नगर्नुस् आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन मन्त्री पुनले आग्रह गरे ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्