Logo
८ बैशाख २०८१, शनिबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपा र काँग्रेस उम्मेदवारले गराए मनोनयन दर्ता

बुटवल : दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेकपा र नेपाली कांग्रेस दुबै दलले मनोनयन दर्ता गराएका छन् ।

नेकपा उम्मेदवार विमला वली र नेपाली कांग्रेसका केशव शर्मा आचार्यले मनोनयनपत्र दर्ता गराएका छन् । वलीको मनोनयन दर्ता कार्यक्रममा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश अध्यक्ष ओनसरी घर्ति, राष्ट्रियसभा सदस्य कोमल वलीलगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।

जुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराइएको हो । ओलीको प्रस्तावकमा सोभाराम बस्नेत र समर्थकमा एम.एन. शाह रहेका छन् ।

यस्तै नेपाली काँग्रेस उम्मेदवार आचार्यको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का रहेका छन् ।

 

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्