थाहा पाईराख्नुहोस् : रक्सी चुरोटबाट हुने क्यान्सरको जोखीम
मनिसहरुले अल्कोहल तथा चुरोट खाएको त तपाई हामीले देखी रहेका कुरा नै हो । मानिसलाई रक्सी चुरोटले यति सम्म असर गर्छकी उनिहरुलाई क्यान्सरको जोखीम बढी हुन्छ भने अन्य रोगको लागी पनि यी दुई हानीकारक हुन्छ ।
एक अनुसन्धानकर्ताहरुले एक सातामा रक्सी चुरोटबाट हुने क्यान्सरको जोखीमको बारेमा अनुसन्धान गरेका छन् । जस्मा उनिहरुले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा क्यान्सरको खतरा उति नै हुन्छ जति एक सातामा महिलाहरुले १० ओटा चुरोट तान्दा हुन्छ ।
सरकारी दिशानिर्देश एक महिला तथा पुरुषको एक सातामा १४ युनिटभन्दा धेरै रक्सी सेवन नगर्न सल्लाह दिन्छ । बीएम सी पब्लिक हेल्थको लेखकाा अनुसार अनुसन्धानको प्रतिवेदनमा चुरोट नपिउने एक हजार पुरुष तथा एकहजार महिला सातामा एक बोतल रक्सी पिउँछन् भने लगभग १० भन्दा बढी पुरुष र १४ भन्दा बढी महिलालाई क्यान्सरको खतरा बढ्छ ।
रक्सी पिउँदा महिलामा स्तन क्यान्सर र पुरुषमा पेट तथा लिभरको क्यान्सरको खतरा बढी हुन्छ ।