Logo
१३ बैशाख २०८१, बिहीबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन : दाङबाट बिमला ओलीले गराइन मनोनयन दर्ता

दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले मनोनयन दर्ता गरेकी छिन् ।

पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेकी ओलीले बिहान करिब ११ बजेतिर मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

यसअघि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले मनोनयन दर्ता गरेका छन् ।

अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्