Logo
८ बैशाख २०८१, शनिबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन विशेष : कास्कीमा विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् । बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।

कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।

त्यस्तै २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । विश्वकर्माको प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् भने समर्थकमा नरमाया सुनार रहेकी छन् ।

त्यसैगरी ३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । ४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

नेपाली काँग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्