Logo
११ बैशाख २०८१, मंगलबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा क्रिकेट स्टार सन्दीप लामिछानेले किने करडौँको घर

काठमाडौं : नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंमा घर खरिद गरेका छन् । लामिछानेले केही दिन अगाडि बुढानीलकण्ठमा आकर्षक घर खरिद गरेका हुन् ।

३ वर्षयता अन्तर्रा्ष्ट्रिय टि(२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि(२० फ्रेन्चाइज खेलेका उनी सर्वा्धिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्न थालेयता सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन । उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

सन्दीपले यो घर साढे ४ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ । उनका म्यानेजर रमण सिवाकोटीले भने घरको मूल्य आफूलाई पनि थाहा नभएको बताए । घरभित्रको सजावट पनि निकै भव्य छ ।

स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्