Logo
१३ बैशाख २०८१, बिहीबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो टी-२० : इंग्ल्याण्डलाई १४ रनले हराउँदै न्यूजिल्याण्डले लियो दुई-एकको अग्रता

इंग्ल्याण्डविरुद्धको टी-२० शृंखलामा न्यूजिल्याण्डले २-१ को अग्रता बनाएको छ ।

पहिलो टी-२० जित्दै १-० को अग्रता बनाएको न्यूजिल्याण्ड दोस्रो टी-२०मा पराजित भएपछि इंग्ल्याण्डले सिरिज १-१ को बराबरीमा ल्याएको थियो ।

५ वटा टी-२० अन्तर्गत मंगलबार भएको प्रतियोगितामा न्यूजिल्याण्ड १४ रनले विजयी भएपछि शृंखलामा अग्रता कायम गर्न सफल भएको हो ।

टस जितेर घरेलु टोली न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

न्यूजिल्याण्डका लागि कोलिन डी ग्राण्डहोमले सर्वा्धिक ५५, मार्टिन गप्टिलले ३३ तथा रस टेलरले २७ रनको योगदान गरे ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्