Logo
१२ बैशाख २०८१, बुधबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको अनौठो परम्परा : जहाँ दुई विवाह नगर्ने पुरुषलाई दिइन्छ सजाय

एजेन्सी : विभिन्न देशमा विवाहका फरक फरक परम्परा हुन्छन् । प्राय जसो आम मुलुकहरुमा दुई वटा विवाह गर्ने पुरुषलाई सजाय दिईन्छ तर अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ ।

इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी रहेकोमा यहाँ चाहिँ ठीक उल्टो छ । कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्छ ।

यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।

दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै । तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको जिाय दिइन्छ । इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने पनि भएको हो ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्