Logo
८ बैशाख २०८१, शनिबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्पनीले बनायो सित्तैमा वाइफाइ प्रयोग गर्न पाईने संसारको पहिलो भूउपग्रह

एजेन्सी : चिनियाँ कम्पनी लिंकस्योरले संसारको पहिलो भूउपग्रह बनाएको छ जसको सहायताले संसारभरिका मानिसलाई सित्तैमा वाईफाई चलाउने सुविधा प्राप्त हुन्छ ।

कम्पनीका अनुसार, यो भूउपग्रहलाई अर्को वर्ष चीनको जिऊक्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिनेछ । लिंकस्योरका सीईओ वाङ जिंग्याइंगले यस परियोजनामा लगभग ४८ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ ।

सन् २०२० सम्म अन्तरिक्षमा यस्ता १० भूउपग्रह पठाइनेछन् । कम्पनीले सन् २०२६ सम्म यस्ता २७२ भूउपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ । भूउपग्रहको सहायताले सित्तैमा इन्टरनेट पहुँचका लागि गूगल, स्पेस एक्स, वन वेब र टेलिस्याट जस्ता कम्पनीले तयारी गरिरहेका छन् ।

कम्पनीका अनुसार, अनेकौं ठाउँमा टेलिकम नेटवर्क पुग्न असम्भव छ । त्यसैले त्यस्ता स्थानमा मानिसले इन्टरनेट प्रयोग गर्न पाउँदैनन् ।

तर यो चिनियाँ भूउपग्रह अन्तरिक्षमा पुगेपछि मानिस आफ्नो मोबाइल फोनबाट सित्तैमा वाईफाई प्रयोग गर्न पाउनेछन् । टेलिकम नेटवर्क नहुने ठाउँमा पनि फ्री वाईफाई प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्