Logo
६ बैशाख २०८१, बिहीबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७० को दशकका सुपरस्टार विनोद खन्नाका छोरा सन्यासी बन्दै

७० को दशकका सुपरस्टार विनोद खन्ना जब करियरको शीर्ष स्थानमा थिए तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए ।

अब उनका छोरा साक्षी खन्ना पनि आफ्नो पिताको कदममा चलिरहेको बताइएको छ ।

भारतीय भिडियामा प्रकाशित समाचारका अनुसार साक्षीले अध्यात्मको बाटो रोजेका छन् र ओशो इन्टरनेशनल जोइन गरेका छन् ।

साक्षी विनोद खन्नाकी दोस्रो श्रीमती कविताका छोरा हुन् । जब विनोद खन्नाले ओशोको शरण लिएका थिए तब उनी भारतमा निकै कम देखिन्थे ।

लामो समयपछि जब उनी फिल्मी क्षेत्रमा फिर्ता भए । उनी सन् १९८७ मा फिल्म इन्साफमार्फत् पुनः फिल्ममा देखिए । तर उनले पुरानो स्टारडम हाँसिल गर्न सकेनन् ।

आखिर विनोद खन्नाले सन्यास किन लिए भनेर धेरैलाई थाहा छैन । कतिले विनोदले परिवार र करियरलाई सम्हाल्न नसकेका कारण यस्तो निर्णय लिएको बताए ।

स्मरण रहोस् सन्यासबाट फिर्ता भएपछि उनको पहिलो श्रीमती गिताञ्जलीसँग सम्बन्धविच्छेद भयो त्यसपछि उनले कवितासँग विवाह गरेका थिए ।

करिब चार वर्ष अघि साक्षीले मिलन लुथरियाको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेको खबर फैलिएको थियो । तर न त उनले बलिउडमा डेब्यू गरे न नै यसको कारण पत्ता लाग्यो ।

यस्तै, विनोद खन्नाका जेठो छोरा अक्षय खन्ना बलिउडका चिर परिचित नाम हुन् । सन् २०१९ मा उनको फिल्म सेक्सन ३७५ रिलिज भएको थियो । फिल्मले अत्यधिक चर्चा पनि पाएको थियो ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्