Logo
७ बैशाख २०८१, शुक्रबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : सुनकोशीमा डुबेको बस बाहिर निकालियो, कम्तीमा १२ जनाको मृत्यु भएको अनुमान

प्रदेश ३ स्थित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो।

बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन्। नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ।

उद्धारका क्रममा केही शव बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। अहिलेसम्म ५ जनाको शव झिकिएको छ।

करिब ८–९ जना घाइतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको डिएसपी काफ्लेले बताए। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमानले गर्दा १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

दोलखाबाट आएको बसका मृतकको सनाखत हुन सकेको छैन। शव खोलाबाट निकाल्ने क्रम जारी छ। बस नदीमा पूरै डुबेको हुनाले सुरुमा उद्धारमा समस्या भएको थियो।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्‍याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलबाट बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए।

समाजिक संजालमा आएको भिडियो :

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्