Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानको अर्घ्यसंगै छठ सम्पन्न, जहाँ ३ जनाले मात्र मनाए (फोटोफिचर)

विशेष गरी तराई-मधेसमा निष्ठा पूर्वक मनाइने छठ पर्व आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै समपन्न भएको छ।

चार दिनसम्म मनाइने छठ पर्वको आइतबार चौथो दिन बिहान जनकपुरधामसहित देशभरि नै उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

शनिबार बेलुका अस्ताउँदो सूर्यलाई विशेष पूजा गरी अर्घ्य दिएका व्रतालुहरुले आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

छठ पर्व बिहीबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बिहीवार नहाई खाई, दोस्रो दिन शुक्रबार खरना मनाइएको थियो भने छठ पर्वको मुल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको थियो, जसलाई सँझिया अर्घ्य भनिन्छ ।

र आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि तराई मधेसको सबैभन्दा ठूलो पर्व सम्पन्न भएको छ ।

मात्र ३ जनाको सहभागितामा मेहता परिवारको छठ

यसैबीच छठको रौनकताले प्रवासमा रहेका एक परिवारलाई राम्रैसंग छोएका छन् । प्रदेश १ स्थित सुनसरीको इनरुवा घर भई हाल प्रवासमा रहेका एउटा मेहता परिवारले मात्र ३ जनाको सहभागितामा छठ मनाएका हुन् । युरोप स्थित अष्ट्रीयामा रहेका भजनलाल मेहता, उनकी श्रीमती र छोराले त्यहीँ छठ मनाएका हुन् ।

हेर्नुस् तस्विरहरु : 

लेपाल सहित विश्वभर छठ

यता लेपाल सहित विश्वभर छठ पर्व मनाइएको छ । विराटनगरमा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालु भक्तजनले छठ पर्वको व्रत सम्पन्न गरेका छन्।

चारदिनको कठिन पूजासँगै आइतबार बिहान विराटनगरको सिंघिया खोला, केशलिया खोला, नहर तथा पोखरीमा उदाउदो सूर्यलाई अर्घ्य दिँदै शक्तिरुपा छठीमाताको पूजा व्रतालुहरुले पुरा गरेका हुन्।

यसक्रममा विराटनगर खोला तथा पोखरीमा श्रद्धालुहरुको बिहान सूर्यलाई अर्घ्य दिन भीडभाड रहेको थियो। छठ पर्वमा विश्वास रहेको बताएकी विराटनगर ३ की सूनिता खतिवडाले आफूले चिताएको कुरा यो पर्व मनाउँदा पूरा हुने बताइन्।

छठको व्रत बस्दा सोचेको र चिताएको कुरा पूरा हुने बताएकी खतिवडाले परिवार तथा समाजमा शान्ति कायम रहेको हेर्न चाहेको उल्लेख गरिन्।

त्यसैगरि, विराटनगर ४ खारजीकी मुन्नी साह पनि लामो समयदेखि छठ पर्वमा व्रत बस्दै आएकी छिन्। उनी पनि यस पर्वले आफूमा उर्जा मिल्ने र चिताएको कुरा पूरा हुने तथा रोगव्याध नलाग्ने विश्वास रहेको बताउँछिन्।

छठको चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरुले विधिवत रुपमा पर्वको समापन गर्ने परम्परा छ। ऋतु अनुसार उखु, नरिवल, केरा, भोगटे, सख्खर, ठेकुवा प्रसादका रुपमा रहने छठ विशेषतः सद्भाव, रोग निदान, सन्तान प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वासका साथ मनाइने गरिन्छ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्