Logo
१३ बैशाख २०८१, बिहीबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसायीसँग खसी माग्ने कोहलपुर डीएसपीमाथि छानबिन सुरु

स्थानीय एक व्यवसायीसँग खसी माग्ने कोहलपुर इलाका प्रहरी प्रमुख हेमबहादुर शाहीमाथि छानबिन हुने भएको छ।

व्यवसायीसँग खसी मागेको अडियो सार्वजनि भएपछि उनको त्यसबारे छानवीन हुने भएको हो ।

प्रदेश-५ प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले शाहीमाथि छानबिन गर्न समिती गठन गरिएको जानकारी दिए ।

उनले एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको जानकारी दिए ।

१० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न समितीलाई कार्यादेश रहेको छ ।

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना हतियारसहित पक्राउ परेको घटनामा प्रहरी आफैले हतियार राखेर उनीहरुलाई पक्राउ गरेको आरोप लागेको छ ।

लगत्तै, नेपालगन्जका एक निर्माण व्यवसायी तथा तरुण दल नेतासँग डीएसपी शाहीले आफूसँग दसैँ मान्न खसी मागेको र नदिएपछि तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो।

दुई समिति गठन

विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शाहीमाथि छानबिन दुई समिति गठन गरिएको छ ।

खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका डीएसपी शाही माथि प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले छानबिन गर्न दुई समिति गठन गरेका हुन् ।

प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ट उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रहरी हेडक्वाटरले पनि एसएसपी उमेश जोशीको नेतृतवमा अर्को समिति गठन गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार समितिमा एकजना एसपी र एक जना डीएसपी पनि रहनेछन् । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्