Logo
७ बैशाख २०८१, शुक्रबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाली क्रिकेट खेलाडी म्याक्सवेलले लिए विश्राम

सिड्नी :   अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । मानसिक अस्वास्थ्ताका कारण उनले सबै किसिमका क्रिकेट खेलबाट विश्राम लिएका हुन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए ।

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टी गरेका छन् । उनले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट विदा लिन चाहेको बताएका छन् ।

ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्