Logo
७ बैशाख २०८१, शुक्रबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठ पर्व विधिवत रुपमा सुरु : आज ‘नहाई खाई’ भोली ‘खरना’

मधेशी समुदायको सबैभन्दा ठूलो पर्व छठ बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ। चार दिनसम्म मनाउने छठको पहिलो दिन बिहीबार जीउ शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय-खाए’ भनिन्छ ।

त्यस्तै छठको दोस्रो दिन शुक्रबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरु खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ । खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाउने गरिन्छ ।

तराई मधेसमा छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन् । ‘मरुवा’ ९कोदो०, ‘मसोरोको दाल’ लगायत प्याज लसुन बिहीबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नु पर्छ ।

छठका लागि घाटको सरसजावटमा स्थानीयहरु जुटेको छ । पोखरी, नदी, कुवा लगायतका स्थानलाई सिंगारिँदै छ । खास गरेर जनकपुरधाममा नेपालमै उत्कृष्ट छठ हुने भएकाले यहाँका पोखरीहरुलाई दुई हप्ता पहिलादेखि सजाउन थालिन्छ ।

त्यस्तै छठको मूल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

बिहानीको अर्घ्य दिएपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्