Logo
८ बैशाख २०८१, शनिबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षयका यी ४ फिल्म जसले नकारात्मक टिप्पणीका बाबजुद गर्यो करोडौंको व्यापार

बलिउडका वान एण्ड ओन्ली सुपर एक्टिभ मानिने नायक अक्षय कुमार खिलाडी कुमारको रुपमा पनि चिनिन्छन् । एकै वर्षमा थुप्रै फिल्ममा अभिनय गर्ने केही सिमित अभिनेतामध्येमा उनी पनि पर्छन् ।

विभिन्न विधाका फिल्महरु अभिनय गर्न रुचाउने अक्षयको हालै रलिज भएको चलचित्र हो हाउसफूल ४ जसमा अक्षय कुमारले ह्यारी र बालाको भूमिका निभाएका छन् । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छैन तर पनि यसले बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ ।

यसलाई अक्षयको जादु भन्ने कि निर्माताको रणनीति, फिल्म आफ्नो लागत उठाउन सफल भइरहेको देख्न सकिन्छ । यस्तै अक्षयका यी फिल्म जसले गर्यो करोडौँको व्यापार –

१.  हाउसफूल ४ :

हालै रिलिज भएको अक्षयको हाउसफूल ४ नकारात्मक टिप्पणीका शिकार भएका छन् । यद्यपि रिभ्यू नेगेटिभ भएनि यस फिल्मले भने राम्रो व्यापार गरेको छ ।

हाउसफुल ४ ले पहिलो दिन १९ करोड ८ लाख भारुको व्यापार गर्यो र आइतबार १८ करोड ८१ लाख भारु कमायो । सुरुवाती चार दिनको व्यापारको कुरा गर्ने हो भने यसले ८७ करोड ७८ लाख भारुको व्यापार गरेको थियो ।

२. तीस मार खान :

यद्यपि, हाउसफूल ४ अक्षय कुमारको यो पहिलो फिल्म होइन जसले खराब रिभ्यु पाउँदा पनि राम्रो व्यापार गर्ने । यसअघि पनि अक्षय कुमारको यस्ता केही फिल्म छन् । सन् २०१० मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘तीस मार खान’ बन्न २८ करोड भारु लागेको थियो तर यसले बक्स अफिसमा करिब ६० करोडको व्यापार गरेको थियो ।

३. सिंग इज ब्लिंग :

यसबाहेक प्रभु देवा निर्देशित फिल्म सिंग इज ब्लिंगको कुरा गर्ने हो भने यो फिल्म सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्म पनि समीक्षकको राम्रो रिभ्यु पाउन असफल रहेको थियो ।
यो फिल्मको माउथ पब्लिसिटि पनि राम्रो थिएन । तर यति हुँदा हुँदै पनि ४१ करोड भारुमा बनेको यो फिल्मले करिब ११६ करोड भारुको व्यापार गरेको थियो ।

४. राउडी राठौर :

अक्षय कुमारको यो फिल्म साउथ इन्डियन फिल्मको हिन्दी रिमेक रहेको राउडी राठौरले पनि समीक्षकको खासै राम्रो प्रतिक्रिया पाएको थिएन । सन् २०१२ मा रिलिज भएको यस फिल्म ४५ करोड भारुको बजेटमा बनेकोे थियो । फिल्मले त्यतिबेला बक्स अफिसमा करिब १३३ करोड भारुको व्यापार गरेको थियो ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्