Logo
१३ बैशाख २०८१, बिहीबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आसाममा नयाँ कानुन लागू : दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने

भारतस्थित आसामको मन्त्रीमण्डलले नयाँ कानुन लागू गरेको छ । गत सोमबार गठन भएको मन्त्रीमण्डलले अबदेखि दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने निर्णय गरेको हो ।

सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।

त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ । त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई ३ विगाहा जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्