Logo
७ बैशाख २०८१, शुक्रबार
(October 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा उडिरहेको विमान सडकमा खसेपछि …

एजेन्सी : इन्जिनमा समस्या आएपछि ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सोमबार भएको दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा विमान खसेपछि विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार यस विमान विस्फोटमा परी चार ओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्रु सवार थिए ।

विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले खबर प्रकाशित गरेका छन् ।
यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन् ।

प्रकाशित मिति: Oct 23, 2019

प्रतिक्रिया दिनुहोस्