Logo
१२ बैशाख २०८१, बुधबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने यी हुन् १६ प्रभावकारी टिप्स

एक महिलाको जीवनमा सबैभन्दा महत्त्वपूर्ण पल भनेको आमा बन्नु हो । प्राय: विवाह पछि सबै महिलाहरु आमा बन्न चाहन्छन् । आमा बन्नका लागि गर्भवती हुँदा देखि सन्तान जन्माउँदा र सन्तानलाई हुर्काउँदासम्म धेरै कुराको ख्याल गर्नुपर्छ ।

पहिलो पटक आमा बन्दा महिलाहरु उत्साह र कौतुहलता हुन्छ । तर जसरी शिशु जन्माउने समय नजिकिँदै जान्छ त्यसरी नै महिलाहरुमा के कसरी सम्हाल्ने भन्ने कुरामा भय वा भनौँ आत्तिन थाल्छन् ।

शिशु जन्मिदा के गर्ने ? जन्मिएपछि कसरी केयर गर्ने ? कस्तो कुराले असर पर्छ ? कस्ता कुराले फाइदा गर्छ भन्ने विषयमा नयाँ आमा अर्थात पहिलो पटक सन्तान जन्माएकी आमाले जान्नैपर्ने हुन्छ ।

तसर्थ नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने केही कुराहरु –

– तपाईको शिशुको लागि आमाको दुध अमृत समान हुन्छ ।

-सकेसम्म शिशु जन्मेको एक घण्टाभित्र आमाको दुध चुसाउन थाल्नुपर्छ ।

-शिशुलाई प्रत्येक २ घण्टामा वा शिशुले खान चाहेको बेलामा दुध खुवाउनुपर्छ ।

-शिशुले एकपटक दुध खाँदा कम्तिमा पनि १५ देखि २० मिनेट सम्म खानुपर्छ ।

-शिशुले २ वा ३ मिनेट मात्रै दुध खाएमा उसको पेट भरिदैन ।

-प्राय: शिशुहरु २ वा ३ मिनेट दुध खाएपछि निदाउँछन्, त्यस्तो अवस्थामा उसलाई दुध खुवाउनु हुदैन । बरु केही समय आराम गरेपछि फेरी उठाएर दुध खुवाउनुपर्छ  ।

-२४ घण्टामा ८ देखि १० पटक स्तनपान गराउनुपर्छ ।

-हरेक पटक दुध खुवाई सकेपछि शिशुलाई ठाडो बनाएर ढाडमा मसारेर डकार निकाल्न लगाउनुपर्छ ।

-शिशुले डकारेमा वान्ता हुने, धेरै रुने, पेट ढाडिने, हीक्क हीक्क हुने समस्या आउँदैन ।

-शिशुलाई हरेक दिन बिहानको घाममा कम्तिमा एक घण्टा नाङ्गै बनाएर राख्नुपर्छ ।यस्तो गर्दा शिशुको पेट र छातिको छालामा घाम सिधै पार्नुपर्छ, तर शिशुलाई घाममा राख्दा उसको आँखा र पिसाव गर्ने अङंग भने छोप्दिनुपर्छ । यस्तो नगरेमा शिशुलाई डण्डीस हुने सम्भावन हुन्छ ।

-६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्छ ।

-६ महिनापछि बालबालिकालाई आमाको दुधसँगै पानी, अन्न, लिटो खुवाउन शुरु गर्नुपर्छ ।

-१ वर्षसम्म शिशुलाई गाई भैसीको दुध र मह खुवाउनु हुँदैन ।

-तेल लगाइदिदा शरीरको छालामा मात्रै लगाउनुपर्छ । आँखा, नाक, कान, नाभी, दिशा–पिसाव गर्ने अंगमा तेल लगाउनु हुँदैन ।

-शिशुलाई आगो, कोइला, दाउरा, ब्रिकेट, हीटर, ग्यासले सेक्नु हुँदैन, यस्ता कुरामा सेकेमा शिशुको स्वास्थ्यमा तथा छालामा समस्या आउन सक्छ । शिशुलाई बिहानको न्यानो घाममा सेक्नुपर्छ ।

-शिशुले हाच्छिउ गर्नु अलिअलि हिक्क गर्नु, तर्सीनु जीउमा सानो सानो रातो विमिरा आउनु सामान्य कुरा हो ।

 

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्