Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक दुर्गेशले यूट्यूवबाट हटाएको विवादित ‘तिहार गीत’ झन भाइरल बन्दै

विवादित ‘तिहार गीत’लाई गायक दुर्गेश थापाले अन्ततः यूट्यूवबाट हटाइएका छन् । प्रहरीको अनुरोधमा गीत हटाएको थापाले बताए । ‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने ।

गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे । थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो ।

सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् । थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ ।

साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा समेत विवादमा मुछिएका थिए । थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् जून अझ भाइरल बनेको छ ।

फाइल तस्विर

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्