Logo
६ बैशाख २०८१, बिहीबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेडी गागाको यस्तो ट्वीट जसले मच्चायो सामाजिक सञ्जालमा तहल्का

अमेरिका :  प्रसिद्ध अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । गायिका गागाले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको खुब चर्चा भएको छ ।

उनी लेख्छिन् : ‘लोकाः समस्ताः सुखिनो भवन्तु’
यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् ।

उनको ट्वीटपछि यो श्लोक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टार गायिकाको ट्वीट पढेर पूर्वीय दर्शन मान्नेहरु पनि खुशी भएका छन् । नबुझ्नेले पनि यसको सन्देश बुझ्न खोजिरहेका छन् ।

ट्वीटलाई रिट्वीट गर्ने र प्रतिक्रिया जनाउनेको सङ्ख्या बढ्दो छ । लेडीको ट्वीटसँगै भारतीय र नेपाली फ्यान थप खुशी भएका छन् । किनभने संस्कृत भाषा पूर्वीय सभ्यताको जननी भाषा मानिन्छ ।

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्