Logo
११ बैशाख २०८१, मंगलबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया भट्टको अण्डरवाटर फोटोसुट हेरेपछि प्रशंसक नै दङ्ग

बलिउडकी चुलबुली गर्लकी रुपमा परिचित आलिया भट्ट एक सुन्दर नायिकाका हुन् । उनी एक प्रतिभाशाली र मिहिनेती नायिका पनि हुन् । मानिसहरु उनको ड्रेसिङ स्टाइलको दिवाना छन् र बेलाबेलामा उनको ड्रेसिङ स्टाइलको अत्यधिक चर्चा हुनेगर्छ ।

तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् ।

आलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसलाई प्रशंसकले निकै रुचाइरहेका छन् । कभर फोटोमा आलिया नियोन ग्रीनको बिकिनी स्टाइल ड्रेस लगाइरहेको देखिएकी छिन् ।

उनले यो पोज पानीभित्र दिएकी छिन् । प्रशंसकका अनुसार यो आलियाको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लुक हो । कतिले उनलाई सुन्दर जलपरीको पनि संज्ञा दिएका छन् ।

आलियाको कामको कुरा गर्ने हो भने उनको यस वर्ष ३ वटा ठूला फिल्मह प्रदर्शनका लागि तयार छन् जसमध्ये सडक टु, तख्त र ब्रम्हास्त्र रहेका छन् । उनी अहिले आफ्ना बुवा महेश भट्टको फिल्म ‘सडक टु’ को सुटिङ गरिरहेकी छिन् । यसमा उनी पूजा भट्ट र संजय दत्तकी छोरीको भूमिकामा देखिनेछिन् ।

यसबाहेक उनी करण जोहरको ‘तख्त’मा पनि छिन् जसमा उनका सह- कलाकारका रुपमा रणबीर सिंह, अनिल कपुर, करिना कपुर खान, जान्ह्वी कपुर र भूमि पेडनेकर हुनेछन् । यस्तै, रणबीर कपुरसँग पनि आलियाको ब्रम्हास्त्र नामको एउटा फिल्म छ जसमा अमिताभ बच्चन पनि देखिनेछन् ।

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्