Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीसँग भेट गर्न बलिउडका दिग्गज कलाकारहरुको लर्को (हेर्नुृस् फोटोफिचर)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीमा शाहरुख खान, आमिर खान र कंगना रनौतसहित बलिउडका थुप्रै दिग्गज कलाकारहरुसँग भेटघाट गरेर गान्धी विचारधाराबारे चर्चा गरेका छन् ।

मोदीले उनीहरुसँग सिनेमाका माध्यमबाट महात्मा गान्धीको विचार र उनको जीवनको मूल्यको प्रचार–प्रसार गर्न अपील गरे ताकि युवाहरु गान्धीको विचारसँग जोडिन सकुन् ।

मोदीले भने, ‘हाम्रो फिल्म, संगीत र नृत्य समाजलाई जोड्न धेरै राम्रो माध्यम बनेको छ ।’ कार्यक्रममा अभिनेता शाहरुख खान, आमिर खान, कंगना रनौत, जैकलीन फर्नांडिस, डायरेक्टर इम्तियाज अली, एकता कपूर, अनुराग बसु, बोनी कपूर लगायत थुप्रै कलाकारहरु सहभागी थिए ।

सबै कलाकारहरु पनि प्रधानमन्त्री मोदीसँगको भेटले उत्साहित थिए । आमिर खानले भने, ‘प्रधानमन्त्री मोदीसँगको भेटघाट शानदार रह्यो, उनको विचार सुनेर राम्रो लाग्यो, उनी धेरै प्रेरणादायक छन् ।’

कंगना रनौतले भनिन् ‘मलाई लाग्छ यो पहिलो सरकार र मोदी पहिलो प्रधानमन्त्री हुन् जो कला र कलाकारलाई यति धेरै बुझ्छन् । मलाई लाग्छ कि फिल्म इण्डस्ट्रीलाई यसअघि यति सम्मान कसैले दिएको छैन न यो भन्दा पहिला देशमा कलाकारहरुको तागत कसैले पहिचान गरेको थियो । यसका लागि म इण्डस्ट्रीका तर्फबाट मोदीलाई धन्यवाद दिन चाहन्छु ।’

एकता कपूरले भनिन् ‘पहिलो पटक यस्तो लाग्यो कि फिल्म इण्डस्ट्रीबारे हामीभन्दा पनि धेरै कसैले जान्दछ, लाग्यो हाम्रो तागतलाई कसैले जान्दछ र प्रधानमन्त्री मोदीले हामीलाई प्रेरित गरिरहेका छन् कि समाजका लागि केही गरौँ । ’

फिल्म प्रोड्यूसर बोनी कपूरले भनिन्, ‘फिल्म इण्डस्ट्रीका लागि आजको दिन धेरै शुभ रह्यो, खासगरी नरेन्द्र मोदीको उदयपछि फिल्म इण्डस्ट्रीलाई जुन लाभ भएको छ त्यसको शब्दमा बयान गर्न सकिन्न । म सम्झन्छु कि वाजपयी जीको समयदेखि सधैँ फिल्म इण्डस्ट्रीमा सरकारको सहानुभूति रहेको छ ।’

डायरेक्टर अनुराग बसुले भने, ‘ जब हामी फिल्म बनाउँछौ, पटक पटक मनमा लाग्छ कि यसको उदेश्य के हो ? मनोरन्जन त उद्देश्य हो नै तर फिल्म मेकरलाई यो प्रश्नले सधैँ घोच्ने गरेको छ । आज एक उद्देश्य प्राप्त भयो, एक बाटो मिलेको छ । एक दिशा मिलेको छ जसको हामी सबै क्रिएटिभ व्यक्तिहरुलाई जरुरत हुन्छ ।’

डायरेक्टर इम्तियाज अलीले भने, ‘गान्धीमाथि फिल्म बनाउने आइडिया फिल्म इण्डस्ट्रीका लागि धेरै राम्रो कुरा यस कारण पनि हो किनभने हाम्रो लागि यो एक मौका हुनेछ कि हामी पनि उनको विचारसँग एकपटक फेरि साक्षात्कार हुन सक्नेछौँ । प्राय हामी गान्धी-गान्धी भन्ने गर्छौँ तर उनको विचारसम्म कहिल्यै पुग्न सकिरहेका छैनौँ । यो राम्रो समय हुनेछ जब हामी गान्धीतिर फर्कने अवसर प्राप्त गर्नेछौँ । यसबाट परिवर्तन आउनेछ । ’

प्रधानमन्त्री नरेद्र मोदीले बैठकमा फिल्म जगतका हस्तीहरुलाई डान्डीमा बनेको गान्धी म्यूजियम जान अपील गरे ।

हेर्नुृस् फोटोफिचर : 

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्