Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ प्रदर्शनको तयारीमा

काठमाडौं :  चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको छ । साहित्यकार झमक घिमिरेको जीवनमा आधारित मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउने भएको हो ।

विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् ।

विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्