Logo
१५ चैत्र २०८०, बिहीबार
(October 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी थारु संघ सुनसरी जिल्ला गठन

दुहबी/सुनसरीको दुहबी पाटी प्यालेसमा समाजवादि थारु संघ सुनसरी गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कृष्ण चौधरीको अध्यक्षतामा समाजवादि थारु संघ सुनसरी गठन भएको हो । थारु संघको उपाध्यक्षमा लिलि कुमारी चौधरी, सचिबमा अमृत चौधरी रहेका छन । त्यसैगरि सहसचिबमा चन्दन कुमार चौधरी कोषधय्क्षमा गुन्जादेबी चौधरी रहेका छ्न । सदस्यहरु मनोज चौधरी, धिरज चौधरी,काशी चौधरी, चन्द्रकला चौधरी,हरि कुमार चौधरी लगायत १९ सदस्य रहेका छ्न । कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुँदै समाजवादी पाटिका बरिस्ठ नेता अशोक राइले
पहिचानको आवाजलाई राज्यले सधै उपेक्षित गरेको बताउनु हुँदै प्राप्त उप्लब्धी हरुलाइ जोगाउन आफुहरु सरकारमा गएको जिकिर गर्नु भयो । कार्यक्रममा बोल्नु हुँदै समाजवादी पाटिका केन्द्रिय सचिब परसुराम बस्नेतले आफुहरु सरकारमा जादा गरेको २ बुदे सम्झौता अनुरुप संविधान संसोधन न भएकोले सरकारमा बसिरहने अवस्था न रहेको बताउनु भयो । आफुहरु सरकारमा गएकोले २ तिहाई बहुमत भएको भन्दै चाडैनै संविधान संसोधनको अन्तिम अल्टिमेटम दिदै बृहत आन्दोलनको तयारी गरि रहेको बताउनु भयो । कार्यक्रममा समाजवादि पाटिका केन्द्रिय सदस्य अर्जुन थापा, समाजवादि थारु संघका केन्द्रिय अध्यक्ष बिनोद चौधरी लगायतका नेताकार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Oct 19, 2019

प्रतिक्रिया दिनुहोस्