Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना

मुम्बई :  बलिउडका दिग्गज कलाकार अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पतालमा भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान ३ बजे मुम्बईस्थित नानावती अस्पताल लगिएको थियो । उनी थप २ दिन अस्पतालमै रहने बताइएको छ ।

बलिउड हंगामाका अनुसार उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको हो। अमिताभलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यहाँसम्म कि, बलिउडका सेलिब्रेटीलाई समेत यो बारेमा थाहा थिएन ।

अस्पतालले अमिताभसँग कसैलाई पनि भेट्न दिएको छैन । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्