Logo
७ बैशाख २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्याबाट छुटकारा पाउन अपनाउनुहोस् यी १० टिप्स

अहिलेको वैज्ञानिक युगमा कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम गर्ने अधिकांश मानिस कम्प्युटरविना कुनै काम पूरा गर्न सक्दैनन् । तसर्थ हरेक काममा पनि कम्प्युटरकै खाँचो पर्ने गरेको पाइन्छ ।

प्राय मानिसमा कम्प्युटर चलाउँदा गलत बस्ने तरिका, लामो समयसम्म कम्युटरको बसाई र खानपानको गडबडीले ढाड दुख्ने समस्या देखापरेको पाइन्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ ।

मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ । तसर्थ कम्प्युटरमा बस्दा निम्न उपायमा ध्यान दिने हो भने ढाड दुख्ने समस्या कम गर्न सकिन्छ –

१. कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिनुपर्छ ।

२. ढाड दुख्नुमा शारीरिक कमजोरीका साथै भिटामिन डीको कमीले हुनसक्छ, त्यसैले पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खानुपर्छ ।

३. कतिपय अवस्थामा क्याल्सियमको कमीले समेत ढाड दुख्ने हुन्छ, त्यसैले क्यालसियमयुक्त खानामा ध्यान पनि विशेष दिनुपर्छ ।

४. दैनिक बिहान आधा घण्टा घाममा बस्दा समेत ढाड दुखाईबाट राहत मिल्छ ।

५. लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गरेमा दुखाईबाट आराम मिल्छ ।

६. एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्नाले पनि ढाड दुखाईबाट आराम मिल्छ ।

७. कतिपय अवस्थामा तातो पानीले सेक्दा पनि ढाड दुखाईको पीडाबाट मुक्ति पाइन्छ ।

८. धेरै ढाड दुखेमा मनतातो पानीमा सीधे नून हालेर नुहाएमा पनि यसले राहत दिन्छ ।

९. ज्वानोलाई तावामा भुटेर चपाएर खानाले पनि ढाड दुख्ने समस्याबाट आराम मिल्छ ।

१०. चिसोमा दुखेको ढाड आगोमा तताएको इटामा कपडामा बेरेर सेकेमा कम हुन्छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्