Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध एयर काउन्टर तोडफोड घटनाका आरोपी सांसद प्रमोदकुमार साहको थुनछेक बहस सुरु

जनकपुर : जनकपुर विमानस्थलमा भएको तोडफोड घटनाका आरोपी सांसद प्रमोदकुमार साहको मुद्दाको जिल्ला अदालत धनुषामा थुनछेक बहस सुरु भएको छ ।

जनकपुरबाट काठमाडौँ जाने विमान ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।

हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस सुरु भएको छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्