Logo
१५ चैत्र २०८०, बिहीबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईंको स्मार्टफोन स्लो भएको छ ? जान्नुहोस् एन्ड्रोइड भर्सन अपडेट गर्ने यी तरिका

काठमाडौं :  हामी सबैसँग आजचोलि मोबाइल हुन्छ । मोबाइल नबोक्ने सायदै कोइ होला । तर मोबाइल चलाउँदै गर्दा स्लो हुने समस्या धेरैकोमा देखिन्छ । आखिर किन हुन्छ त स्लो, थाहा छ तपाईलाई ?

विशेषत: विभिन्न कारणले मोवाइल स्लो हुन्छ जसकारण ह्याङ हुने गर्छ । यसरी मोवाइल स्लो हुनुको मुख्य कारण भनेको एन्ड्रोइड भर्सन पुरानो हुनु र नयाँ अपडेट नगर्नु हुनसक्छ ।

कही क्लिकका भरमा समस्या समाधान हुन्छ तर कसरी गर्ने भन्ने आइडिया नहुँदा धेरैले अनावश्यक तनाब झेलिरहेका हुन्छन् ।

जान्नुहोस् तल दिइएका उपायहरुबाट तपाईको स्लो भएको एन्ड्रोइड भर्सन अपडेट गर्ने तरिका –

१. मोवाइलमा भएको सेटिङ अप्सनमा जानुहोस् ।

२. धेरैजसो एन्ड्रोइड मोवाइको माथि सर्च अप्सन हुन्छन् ।

३. सर्च गर्नुहोस । यसले तपाइलाई सिस्टप अप्डेट अप्सन अर्थात् अपडेटसँग सम्वन्धित अप्सन देखाउँछ ।

४. सिस्टम अपडेट अप्सनमा क्लिक गर्नुहोस् ।

५. त्यसपछि चेक नाव वा चेक फर अपडेट्स अप्सन क्लिक गर्नुहोस् ।

६. त्यसपछि यदि तपाईको मोवाइलमा पुरानो सिस्टम रहेछ भने नयाँ अपडेट गर्नका लागि डाउनलोड एण्ड इन्टल अप्सन क्लिक गर्नुहोस् ।

यी टिप्सहरु अपनाएर तपाईले मोवाइलको सिस्टम अपडेट गर्नसक्नुहुनेछ । जसपश्चात् तपाईको मोवाइल पहिलाको भन्दा छिटो चल्न थाल्छ । मोवाइल उत्पादक कम्पनी अनुसार अपडेट गर्ने सिस्टम र शब्दमा केहि फरक हुनसक्छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्