Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतेकै समयमा आगलागी, जलेर एकको मृत्यु

सुनसरी : गएराति सुनसरीमा सुतेकै समयमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सुनसरीको गढी गाउँपालिका-२ का ५२ वर्षीय भूमिसुधार माझीको जलेर मृत्यु भएको हो ।

उनी टाटीको बेरा तथा फुसको छानो भएको कच्ची घरमा एक्लै सुतेका थिए । सुतेकै अवस्थामा राति आगलागी हुँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको बताइएको छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्