Logo
७ बैशाख २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा घाँटी रेटेर एक युवकको विभत्स हत्या, हत्यारा फरार

सिन्धुपाल्चोकको पाँचपोखरि थाङपाल गाउँपालिका वडा नम्वर ५ गुन्सामा घाँटी रेटेर एक युवकको विभत्स हत्या गरिएको छ ।

तत्कालीन नेकपा एमाले गुन्सा गाउँ कमिटी अध्यक्ष स्व. काजी गोलेको छोरा बिजय गोलेको गए राति १० १५तिर शिर छेदन गरि हत्या गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

दिउँसो विवाद भएको र त्यहीँ विवादलाई लिएर बेलुका मादकपदार्थ सेवन गरि हत्या गरिएको हुनसक्ने प्रहरिको अनुमान छ ।

दर्नालका अनुसार सोहि ठाउँका वर्ष २३ को मिलन स्याङ्वो र वर्ष २४ को वम बहादुर स्याङ्वोले हत्या गरि फरार भएको प्रहरिको अनुसन्धानवाट पत्ता लागेको छ ।
फरार रहेका अभियुक्तको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारि दिए । लासलाई पोसमार्टम गर्न मेलम्ची लगिएको छ ।

यसै बिच पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले घटना प्रती दुख ब्यक्त गर्दै दोषी पत्ता लगाइ दोषीलाइ कडा भन्दा कडा कार्बाही गर्न प्रहरीलाइ सहयोग गर्न पालीका बासीलाइ अनुरोध गरेका छन् ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्