Logo
११ बैशाख २०८१, मंगलबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको तातोपानीमा स्नान मेला शुरु

मेलाम्ची :  धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा आजदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महीनाभर लाग्ने सो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ ।

तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल, पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई ७ धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताए ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्