Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को अध्यक्षमा पुन मेहंदी हुसैन

दुहवी/ सुनसरीको दुहवीमा वुधवार भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ सुनसरी को पार्टी समायोजन कार्यक्रममा संघिय संसद क्षेत्रको क्षेत्रिय सभापति पदमा पुन सर्बसम्मतबाट मेहदी हुसैन भएका छन । उप–सभापतिहरुमा डोमी शर्मा विमला प्रधान, सचिवहरु ओम थापा,देवनानायण मंडल, कोषाध्यक्ष अभिराम मंडल, सह–सचिवहरुमा तारिकचन्द सरदार, पूर्ण प्रधान रहँनु भएको छ । यस्तै सदस्यहरुमा हेदर अली, मेनुका खतिवडा, राजन अधिकारी,हस्मुदिन मियाँ, हेमनारायण चौधरी, गणेशलाल चौधरी, श्याम खतिवडा, गुलिया उराव, धर्मेन्द्र ऋषिदेव लगायत १८ सदस्य रहेका छन । तत्कालिन फोरम लोकतान्त्रिकको तर्फबाट एक उपसभापती सहित ९ सदस्य रहँनेगरि तत्कालिन फोरम लोकतान्त्रिकको आन्तरिक छलफलपछि समावेस गराइने जनाइएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला अध्यक्ष राजिव कोइरालाको अध्यक्षतामा भएको समायोजन कार्यक्रममा नेपाली कांग्रेसका संसदिय दलका उपनेता तथा प्रतिनिधि सभा सांसद बिजयकुमार गच्छदार, नेपाली कांग्रेसका नेताहरु नेपाली कांग्रेसबाट बिजय हुँने स्थानिय तहका प्रमुख उपप्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्